|

  • देवानन्द न्यौपाने-

कैलाली (लम्की) : प्रदेश नम्बर ७ का मा प्रदेशसभा सदस्यको शपथग्रहण केहीबेरमा सुरु हुँदै छ।  प्रदेश प्रमुख मोहनराज मल्ल काठमाडौंबाट धनगढी पुग्न ढिलाइ भएपछि प्रदेश नम्बर ७ मा प्रदेशसभा सदस्यको शपथग्रहण केही ढिलो हुने भएको हो।

यसअघि, आइतबार बिहान ११ बजे शपथग्रहण कार्यक्रम तय गरिए पनि प्रदेश प्रमुख मल्ल धनगढी पुग्न ढिलाइ भएपछि कार्यक्रम केही ढिलो सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए। खराब मौसमका कारण नेपालगञ्ज र धनगढीको उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल केहीबेर अघि धनगढी पुगेका छन्।

केही वेरमा प्रदेश प्रमुख मल्लले सचिवालयमा पदभार ग्रहण गरेपछि खाना खाने कार्यक्रम छ त्यसपछि मात्रै शपथको कार्यक्रम सुरु हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। जिल्ला समन्वय समितिको सभाहलमा शपथ ग्रहणको कार्यक्रम राखिएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेश प्रमुखले सबैभन्दा पहिले प्रदेशसभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी शाहलाई शपथग्रहण गराउनेछन्।

त्यसपछि ज्येष्ठ सदस्य शाहले अरु सदस्यहरूलाई शपथग्रहण गराउनेछन्। प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन् । जसमा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२, र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.