|

विराटनगर : राजधानीको विषयलाई लिएर आन्दोलन भइरहेका वेला धनकुटाबाट निर्वाचित प्रदेशसभा सांसदले हिमाल र पहाडको मनोविज्ञानका आधारमा राजधानी हुनुपर्नेमा जोड दिएका छन्।

शपथग्रहण सम्पन्न भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै धनकुटा (ख)का प्रदेशसभा सांसद इन्द्रमणी पराजुलीले हिमाल, पहाड र तराईको मनोविज्ञानलाई संयोजन गर्न पनि धनकुटानै राजधानी हुनुपर्ने बताए।

‘काठमाडौंलाई केन्द्र मानेजस्तै हामी विराटनगरलाई प्रदेशको केन्द्र मान्न सक्दैनौँ,’ पराजुलीले भने, ‘धनकुटाले हिमाल, पहाड र तराईलाई संयोजन गरेर लान सक्छ, विराटनगरले सक्दैन।’

पराजुलीले काठमाडौंमा केन्द्रित गरेजस्तै विराटनगरलाई षड्यन्त्रमूलक ढंगले अर्को केन्द्र खडा गर्न खोजेर जनताको अधिकार कुण्ठित पार्ने प्रयास गरेको दाबी गरे। धनकुटाकै सांसद कुशुम श्रेष्ठले आफूहरुले प्रदेशसभाको बैठकमा धनकुटा राजधानी बनाउने विषयमा छलफल चलाउने बताइन्। ‘प्रदेशसभामा हामी छलफल गर्छौं, धनकुटा नै राजधानी हुनुपर्छ भन्ने हिमाल र पहाडका जनताको आवाज सुनिनुपर्छ,’ श्रेष्ठले भनिन्।

राजधानीको विषयमा को के भन्छन्?

सुनसरीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेकी सांसद सरस्वती पोखरेलले राजधानीको विषयलाई गम्भीर ढंगले छलफल गरेर टुंग्याउनुपर्ने बताइन्। ‘राजधानी भनेको सबै मनोविज्ञानलाई समेट्न सक्ने, भौतिक पूर्वाधार भएको हिसावले पनि हेर्नुपर्छ,’ उनले भनिन्, ‘प्रदेशसभाले आवश्यक निर्णय लिन्छ।’

पाँचथरका सांसद इन्द्र आङ्बोले प्रदेशसभाले सबैलाई पायक पर्नेगरी राजधानीको विषयमा निर्णय लिने बताउनु भयो। ‘सबैलाई उपर्युक्त हुने गरी, प्रदेशसभाले निर्णय लिन्छ,’ उनले भने, ‘उठेका सबै विषयमा छलफल हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.