|

ललितपुर : प्रहरीको फरार सूचीमा रहेका प्रहरीका पूर्वडीआइजी एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद नवराज सिलवाललाई पक्राउ गर्न पुगेका प्रहरी टोली रित्तो हात फर्किएको छ।

आइतबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नकुल पोखरेल, ४ प्रहरी निरीक्षकसहितको १ सय ५० जनाको जम्बो टोली भट्टेडाँडा पुगेका थियो।  प्रहरी मुख्यालयबाट बिहान ४ बजे भट्टेडाँडा खटिएको टोलीले सिलवाललाई सो क्षेत्रमा ४ घण्टा खोजेको थियो। फेला पार्न नसकेपछि बिहान ९ बजे रित्तोहात फर्कियो।

सिलवाल ललितपुरको दक्षिणी भेगमा रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोली व्यापकरुपमा परिचालन गरिएको बताइएको छ। सो टोलीले आइतबार दिनभरजसो विभिन्न क्षेत्रमा सर्च गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.