|

काठमाडाै: नेपाल वायुसेवा निगमले करिब एक महिनादेखि भारतकाे नयाँदिल्लीमा थन्किएकाे एउटा जहाज उडाउन महिनाकाे अाैसत २ कराेड रुपैँया तिर्ने गरी एकथान इन्जिन भाडामा लिने निर्णय गरेकाे छ।

निगमले युराेपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याएकाे १ सय ५८ सिट क्षमतायुक्त 'ए ३२०-२००'सिरिजकाे उक्त जहाज गत पुस १० देखि दिल्लीकाे इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ।त्यहि जहाज उडाउन निगमले एकथान इन्जिन भाडामा लिन लागेकाे हाे।

उक्त जहाजकाे बायाँ इन्जिनले पूर्णरुपमा काम गर्न छाड‍ेपछि नयाँ वा ' सेकेन्ड ह्यान्ड ' इन्जिन फेर्ने ,त्यसैलाई मर्मत गर्ने र भाडामा लिने विकल्प निगमसँग छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.