|

अमेरिकी फुटबल संघका अध्यक्ष सुनिल गुलाटीले २०२६ मा विश्वकप आयोजनाको मुख्य दाबेदार रहेको अमेरिका राष्ट्रपति ट्रम्पका कारणले विश्वकप गुमाउने खतरामा पुगेको बताएका छन्।

फिफाको निर्णय अमेरिकाको पक्षमा पार्न १ सय ४ मत आवश्यक पर्छ। तर ट्रम्पको अस्वभाविक अभिब्यक्तिका कारण अमेरिकाको हातबाट विश्वकप गुम्ने खतरा बढेको आरोप गुलाटीले लगाएका छन्।

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा २०२६ को विश्वकप आयोजना गर्ने संभावना छ। यसमा मोरक्कोको पनि दाबेदारी छ। फिफाको निर्णायक भोटका लागि पाँच महिनाभन्दा पनि कम समय रहेको अवस्थामा मोरक्कोको तयारी निकै कमजोर छ। मोरक्को यससँग सम्बन्धित वेबसाइट नबनाएकाले अमेरिका केही ढुक्क भने छ।

उत्तर अमेरिकाको पक्षमा समस्या मोरक्कोको वेबसाइट नभएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको आरोप लागेपछि गुलाटीको चर्चा चुलिएको छ। अहिलेको राजनीतिक अवस्थाले २०२६ को विश्वकप र ओलम्पिकको लागि फिफाको निर्णयलाई असर गर्छ वा गर्दैन भन्ने प्रश्नमा अमेरिकी फुटबलका अध्यक्ष गुलाटी यसले असर गर्ने जवाफ दिएका हुन्।

समस्या अमेरिकाका रंगशाला र होटेल नभएर अमेरिकाको सोच र विश्वको कठिन परिस्थिति रहेको गुलाटीले फिलाडेल्फियाको युनाइटेड ससर कोचेज कन्भेन्सनमा बताए। २०१६ नोभेम्बरमा ट्रम्प राष्ट्रपति चुनिएदेखिनै विवादहरु चुलिँदैआएका छन्।

हालैको अध्ययनले १३४ देशका नागरिक गरिएको मतका आधारमा अमेरिकी नेतृत्वको विश्वव्यापी प्रभाव मात्र ३० प्रतिशत रहेको र यस्तो अध्ययन सुरुभएको एक दशकयताको यो अत्यधिक न्युन हो। त्यसैले यसको प्रभाव विश्वकपमा नपर्ला भन्न सकिन्न ।

उत्तर अमेरिकी बोलीमा ह्वाइट हाउसको समर्थन रहेको छ तर त्यो प्रमुख विषय नभएको गुलाटीले बताए। कोरियाको ३८ प्यारालल, तेल अभिभ दूतावास र जलवायु परिवर्तन सम्झौतामा नियन्त्रण नहुनु मुख्य कमजोरी हुँदा ट्रम्प प्रशासनको वैदेशिक नीतिबारेका निर्णय पनि निकै आलोचित रहेको गुलाटीले जनाए।

फिफाको निर्णय अमेरिकाको पक्षमा पार्न अमेरिकालाई १०४ मत आवश्यक पर्छ। तर ट्रम्पका वक्तव्यका कारण विश्वका अन्य देशहरुसँग विवाद चुलिइरहेको अवस्थामा यसको सम्भावना न्युन रहेकातर्फ गुलाटीले सचेत समेत गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.