|
नयाँ पत्रिका

काठमाडाैं : प्रहरीकाे तथ्यांकअनुसार दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन्। तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन्। बेपत्ता हुनेमा महिला र बालबालिकाकाे संख्या धेरै छ। 

बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन्। तीन वर्षकाे अवधिमा १० हजार २८३ महिला हराएमा छन्। बेपत्ता हुने महिलाकाे संख्या ५४.४३ प्रतिशत छ। महिलापछि धेरै बालक हराएका छन्। यस अवधिमा ३ हजार १७९ बालक बेपत्ता भएका छन्। वयस्क पुरुषकाे संख्या पनि धेरै छ। तीन वर्षकाे अवधिमा मुलुकभरिबाट ३ हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन्।

किन हुन्छन बेपत्ता ?

प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटाेबाट वैदेशिक राेजगारमा जाने र परिचय लुकाएर राेजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेकाे संख्या बढी देखिएकाे हाे। भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको सन्ख्या बढ्न पुगेको उनको भनाइ छ।

तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ। जब मान्छे हराउँछ, तत्काल प्रहरीमा खबर गर्छन् तर भेटिएको खबर गर्दैनन्। कतिपय मान्छे आफैं लुकेर बसेका हुन्छन्।  विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ। न्यौपानेले भने, 'उनीहरु रोजगारका क्रममा कुनै पेशामा संलग्न हुन्छन तर त्यो पेशा सार्वजानिक गर्न चाहँदैनन् त्यसबेला उनीहरूले आफ्नो वास्तविकता परिचय ढाँट्छन्।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.