दमक(झापा) : ठूलो परिमाणमा लागुऔषधसहित एक महिला दमकबाट पक्राउ परेकी छिन् । विभिन्न लागुऔषधसहित घरैबाट पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय दमकले लागुऔषध सहित सोमबार सार्वजनिक गरेको हो।
माघ ६ गते दमकको वडा नं १ स्थित पानी ट्याङ्कीबाट समातिएकी सोही ठाउँकी ३९ वर्षीया मञ्जु धिमाललाई इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको हो । प्रहरीले धिमालको साथबाट १२ एम्पुल र घरमा लुकाई राखेको ३३६ एम्पुल फेनारगन, डाइजिपाम र लुपिजेसिक लागूऔषध बरामद गरी सार्वजनिक गरेको हो। महिला सेवनकर्ता नभई व्यवसायी रहेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले दाबी गरे।
उनले लामो समयदेखि भारतीय नाका हुँदै प्रतिबन्धित लागूऔषध भित्र्याउने र घरबाटै यसका प्रयोगकर्ताहरुलाई बिक्री वितरण गर्ने गरेको पाइएको गिरीले बताए । धिमालविरुद्ध प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्री वितरणसम्बन्धी मुद्दामा अदालतबाट म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।