|

काठमाडौं : तीन प्रदेशका राष्ट्रिय सभा उम्मेदवार टुंग्याएको नेकपा एमालेले बाँकी प्रदेशका उम्मेदवार एमालेले मंगलबार टुंग्‍याउँदै छ। सोमबार राति अबेर सम्पन्न भएको एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर ५, ६ र ७ नम्बर प्रदेशका १३ जना उम्मेदवार टुंग्‍याएको थियो।    

एमालेको स्थायी समितिले मंगलबार थप १६ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउँदै छ। जसअनुसार मंगलबार ११ बजेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको छ।

प्रदेश नम्बर १, २, ३ र ४ नम्बरका १६ जना प्रदेशसभाका उम्मेदवार टुंग्‍याउन बैठक सुरु भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचनमा भएको तालमेलअनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.