|

काठमाडौं : फिल्म 'अनुराग'को हालै मात्र एक गीतको छायांकन सकिएको छ। सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गरेको फिल्म 'अनुराग'मा समावेश 'कान्छा दाइ' बोलको गीतको छायांकन सकिएको छ। त्रिपुरेश्वरको एक क्लबमा खिचिएको उक्त गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र एलिजा गौतमले कम्मर मर्काएका छन्। विक्रम स्वारले नृत्य निर्देशन गरिरहेको उक्त भिडियोलाई रामकुमार केसीले खिचेका छन्।

'कान्छा दाइ' बोलको उक्त गीतमा तारा प्रकाश लिम्बू र ममता गुरुङले स्वर दिएका छन्। गीतमा तारा प्रकाशकै संगीत सुन्न सकिन्छ। यस गीतको छायांकन सकिएसँगै फिल्मको दुई वटा गीतको मात्र छायांकन बाँकी रहेको निर्माण युनिटले बताएको छ।

सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्म 'अनुराग'मा एलिजा गौतम र समुद्र पण्डितको मुख्य भूमिका रहेको छ। एलिजा फिल्मस'को ब्यानरमा निर्माण भएको फिल्म संगीतिक प्रेमकथामा आधारित छ। फिल्ममा किरण दाहालको कथा समावेश छ।

फोटो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.