|

काठमाडौं : फिल्म 'म यस्तो गीत गाउँछु'को सफलतापछि नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा नयाँ फिल्म निर्माणमा लागिपरेका थिए। फिल्मको नाम र नायक फाइनल हुन बाँकी नै रहँदा निर्माण युनिटले केही कलाकार फाइनल गरेको थियो।

यही फिल्मको लागि केदार घिमिरे माग्नेबुढा १० लाख पारिश्रमिकसहित अनुबन्धित भएका थिए। त्यस्तै, यही फिल्ममा जितु नेपाल मुन्द्रे पनि ७ लाख पारिश्रमिकसहित अनुबन्धित छन्। विल्सन विक्रम राई र रविन्द्र झा पनि फिल्ममा अभिनय गर्ने पक्का छ।

अहिले भने फिल्मको नाम र नायक फाइनल भएका छन्। फिल्मको नाम 'रामकहानी' राखिएको छ भने मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ फाइनल भएका छन्। सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा नायिका पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ।

पूजा र सुदर्शनको लगानी रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ। महेश दवाडी र दिनेश न्यैपानेको स्क्रिप्ट रहेको फिल्मलाई सौरभ लामाले खिच्‍नेछन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.