|

अछाम : मंगलसेन नगरपालिका वडा नम्वर-१ ढुंगानीस्थित एक पसलमा मंगलबार राति आगलागी भएको छ। चौका डाँडामा रहेको स्थानीय वीरेन्द्र साउदको पसलमा राति करिब सवा ९ बजेतिर आगलागी भएको हो। पसल बन्द गरेर आफू घर गइसकेपछि एक्कासि पसलमा आगलागी भइरहेको थाहा पाएका पसल सञ्चालक साउदले जानकारी दिए।

आगलागी भएपछि पसलमा रहेको सम्पूर्ण सामान नगद र पसलको खाता नष्ट भएको छ। आगलागी हुँदा करिब १० लाखसम्मको नोक्सानी भएको पीडित साउदको भनाइ छ। पसलभित्र ग्यास सिलिन्‍डरसमेत भएकाले आगो निभाउन नसकिएको र पसल सम्पूर्ण रूपमा जलिसकेपछि सिलिन्‍डरसमेत पड्किएको स्थानीयले बताएका छन्। उक्त आगलागी के कसरी भयो भन्ने बारे थाहा हुन सकेको छैन।

आगो सडक नजिकैबाट कसैले लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन। प्रहरीलाई खबर गरिसकेको भए पनि प्रहरी घटनास्थल पुग्न नसकेको पत्रकार होम साउदले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.