|

सुर्खेत : स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माणका लागि प्रदेश नं. ६ का जनप्रतिनिधिहरू जुटेका छन्।

स्थानीय तह स्थापना भएकोे ७ महिना बितिसक्दा पनि कानुनी जटिलता देखिएको र दैनिक कामकारबाहीमा कठिनाई भएको भन्दै प्रदेश नं. ६ का जनप्रतिनिधिहरू विज्ञहरूको सहयोगमा कानुन निर्माण गर्न लागेका हुन्।

गाउँपलिका महासंघ प्रदेश नं. ६ को आयोजनामा प्रदेशका ५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा मंगलबार भेला भएका छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई आवश्यक विषयगत कानुन निर्माणका लागि राज्य पुनर्संरचना आयोगका अध्यक्ष तथा संघीय मामिलाविज्ञ काशीराज दाहाल, खाद्यका लागि कृषि अभियान संयोजक तथा कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, शिक्षा नीति तथा अभ्यास केन्द्रका संयोजक तथा शिक्षाविद् टीका भट्टराई र स्वास्थ्य विज्ञ डा. निर्मला शर्माले सहजिकरण गर्नेछन्।

मंगलबारबाट सुरु भएको तीन दिने गोष्ठीमा गाउँपालिका सञ्चालनमा देखिएका समस्या र समस्या समाधानका उपायबारे समेत छलफल हुने गाउँपलिका महासंघ प्रदेश नं. ६ का अध्यक्ष कविन्द्रकुमार केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.