|

म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको फाइलनमा प्रवेश गरेको छ। सिटीले सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति ब्रिस्टोल सिटीलाई ३-२ ले हराउँदै समग्रमा ५-३ को नतिजाका साथ वर्षको पहिलो उपाधि होड पक्का गरेको हो।

पहिलो लेगमा म्यानचेस्टर सिटी २-१ ले विजयी भएको थियो। मंगलबार राति अवे मैदानमा भएको खेलको ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म्यानचेस्टर सिटीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। दोस्रो हाफको चौथो मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसपछि मार्लोन प्याकले खेलको ६४ औँ मिनेटमा हेडमार्फत ब्रिस्टोलका लागि गोल फर्काए पनि खेलमा फर्किने प्रयास गरे।

इन्जुरी समयको चौथो मिनेटमा ब्रिस्टोलका एडिन फ्लिन्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो।  लगत्तै  इन्जुरी समयमा केविन डी ब्राउनले गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए। बराबरीले पनि फाइनल पुग्न पर्याप्त मानिएको सिटी प्रशिक्षक पेप ग्वार्डिओला नेतृत्वमा कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। फाइनल खेल वेम्बलीमा २५ फेब्रुअरीमा हुने छ।

ग्वार्डिओलाको प्रभाव

ग्वार्डिओलाले आफ्नो करिअरको ५ सयौं खेलमा ३ सय ६३ औं जित आत्मसात गरे। सिटीका पछिल्ला ९२ खेलमा ग्वार्डिओलाले ६३ जित निकाले। ग्वार्डिओलाले १८ सेमिफाइनल भिडन्तमा ११ मा जित निकालेका छन्। उनी इंग्ल्याण्डमा पुगेपछि पहिलो पटक फाइनल अनुभव गर्दैछन्। म्यानचेस्टर सिटीको यो छैटौं लिगकप फाइनल हो। ६ मध्ये सिटीले ४ वटा फाइनलमा जित हासिल गरेको छ। सिटीले १९७०, १९७६, २०१४ र २०१६ को लिगकपको उपाधि जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.