|

सुनसरी : इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको बुधबार हुने सेमिफाइनलमा ए डिभिजन क्बल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुँदैछ।

क्षेत्रीय रंगशालामा भइरहेको प्रतियोगितमा आर्मी र थ्रिस्टारबीचको सेमीफाइनल दिउँसो  साढे २ बजे हुनेछ। थ्रीस्टारले ससस्त्र प्रहरी बलको एपीएफलाई उद्घाटन खेलमा २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आर्मीसँगको भेट निश्चित गरेको थियो भने आर्मीले डुक युनाइटेड क्लब भुटानमाथि ५–० को फराकिलो जित निकाल्दै स्थान सुरक्षित गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.