|

काठमाडौं : नेपाल र भारतबीच जारी सीमा विवादलाई स्थायी रुपमा समाधान गर्नका लागि तत्काल सीमा स्तम्भ स्थापना गर्नुपर्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका छन्।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, 'नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा स्थापना तत्काल गर्नुपर्छ।' उनले कतिपय सीमा स्तम्भ लोप भइसकेको अवस्थामा रहेको कारण पनि नेपाल–भारतबीच सीमा विवाद हुने गरेको बताए।

सीमा विवाद समाधान गर्न नेपाल सरकार अग्रसर नभएको उनको आरोप थियो। पछिल्लो समय वीरगन्जमा भएको सीमा विवादलाई लक्षित गर्दै उनले भने, 'त्यसलाई समाधान गर्न सरकार आफैँ तयार भएको छैन, १५ वर्ष अघि पनि वीरगंजको सार्कीटोल र इन्रुवामा भारतसँग सीमा विवाद हुँदा त्यसलाई समाधान गर्न सरकारले चासो राखेको थिएन।'

नापी विभागमा पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले नेपालको भूमि भारतले मिच्दै आएको स्विकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

श्रेष्ठले नेपालले आफ्नो भूमिकाको रक्षा गर्न पटकपटक चुकेको बताए। 'नेपालका गरिब किसानलाई भारतीय सीमा सुरक्षा बलले पेलेरै पनि नेपाली भूमि मिचिएको छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.