|

काठमाडौं : बिहीबार प्रदेश- ३ का उम्मेदवारहरूले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मनोनय दर्ता गराएका छन्।

बिहीबार बिहान १० बजेदेखि दलहरूले उम्मेदवारी दर्ता गराएका थिए। साँझ ५ बजेसम्म मनोनयन जारी रहेको थियो। सातै प्रदेशका उच्च अदालत रहेका ठाउँमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ता गरिएको थियो।

उम्मेदवारको अन्तिम नामावली माघ १५ गते सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगको राष्ट्रियसभा निर्वाचन कार्यसूची अनुसार अन्तिम नामावली माघ १५ गते सार्वजनिक गर्ने र २४ गते मतदान हुनेछ।

राष्ट्रियसभा निर्वाचनबाट लागि प्रत्येक प्रदेशबाट ८-८ जनाका दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ। ५९ सदस्य रहने राष्ट्रियसभाका तीन सदस्य राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

प्रदेश- ३ बाट बिहीबार उम्मेदवारी मनोनयन दर्ता ललितपुरस्थित उच्च अदालतमा गरिएको थियो।

हेर्नुहोस् फोटो :

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.