|
निर्विरोध निर्वाचित भएका क्रमशः नैनकला, सरिता र विना।

मोरङ : प्रदेश १ बाट तीनजना महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनको बुधबार भएको उम्मेदवारी मनोनयमा महिला कोटामा ३ जनाको मात्र उम्मेदवारी परेको थियो। राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन-तीन जना महिला निर्वाचित हुने व्यवस्था रहेको छ।

निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र नेपाली कांग्रेसकी सरिता प्रसाईँ रहेका छन्।

उनीहरुलाई निर्वाचन आयोगले निर्वाचित भने गरेको छैन। उनीहरुको उम्मेदवारीमाथिको दावीविरोध सकिएपछि मात्र निर्विरोध निर्वाचित भएको घोषणा गरिने सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।

निर्वाचित राष्ट्रियसभा सदस्यहरुले आफूले जित्नसक्ने कोटामा मात्र उम्मेदवारी दिएकोले निर्विरोध भएका हुन्। प्रदेश १ बाट महिलामा एमाले, माओवादी र कांग्रेसबाट १-१ जना निर्वाचित हुनसक्ने अवस्था थियो।

राष्ट्रियसभामा प्रदेश १ बाट निर्वाचित हुने अन्य ५ पदमध्ये खुल्लामा ३ जनाको लागि ५ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै दलित एक जनाको कोटाको लागि २ जना तथा अल्पसंख्यक वा अपांगता भएकाको १ जनाको कोटाको लागि ३ जनाको उम्मेदवारी परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.