|

काठमाडौं : भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि यस पटक ढिलो गरी मात्र हिउँदै वर्षा भएको छ। हिउँदयामको यो अवधिमा कम्तीमा ५/६ पटक दोहोरिने वर्षा यो वर्ष २ पटक मात्रै दोहोरिएको छ।

मुलुकको सुदूरपश्चिमी भोगमा गत डिसेम्बर दोस्रो साता न्यून चापीय प्रणली (वर्षा गराउने वायु) भित्रिएर सामान्य वर्षा गराए पनि मध्य र पूर्वी भेगतर्फ फैलन नपाउँदै निस्क्रिय बनेको थियो। मंगलबार राति नेपाल भित्रिएको वायुले मंगलबार र बुधबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगमा हिउँदै वर्षा र हिमपात गराएको छ।

मुलुकभरका अधिकांश उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो। तर यो वायु बुधबार साँझदेखि निस्क्रिय भएकाले बिहीबार उच्च भेगमा हिमपात दोहोरिए पनि अहिलेलाई हिउँदे वर्षा टरेको छ र मौसम क्रमशः सुधार हुने मौसमविद् वरुण पौडेलले बताए। ‘अब हप्ता दशदिनयता दिउँदे वर्षा दोहोरिने सम्भावना छैन, काठमाडौंसहितका पहाडी भेगमा बिहानपख केही दिन बाक्लो हुस्सु लाग्छ तर दिउँसो मौसम खुला रहन्छ’, उनले भने।

विगतका केही वर्षयता हिउँदे वर्षा हिउँदयामको सुरुवातभन्दा पनि मध्य हिउँदतर्फ धकेलिन थालेको मौसदविद्हरू बताउँछन्। गत वर्ष पुस १० गते मात्र पहिलो हिउँदे वर्षा भएको स्मरण गर्दै वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले नेपालसहित दक्षिण एसियामा नै हिउँदे वर्षाको अवधि धकेलिन थालको बताउँछन्। प्रशान्त महासागरको पूर्वी भेगको पानी औसतभन्दा बढी तात्ने प्रणाली विकास भएकाले मनसुन र हिउँदे वर्षा कमजोर भएको शाक्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.