|

काठमाडौ‌ं : भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि काठमाडाैं अाइपुगेकी छन्।

उनी अपराह्न ४.१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्। स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेस्क प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमारलगायत भारतीय अधिकारी छन्। विमानस्थलबाट सिधै स्वराज होटल सोल्टीतर्फ गएकी छन्।

विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थ राज्यमन्त्री उदयशमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए।

विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै स्वराजले आफूसँग यस पटकको भ्रमणमा कुनै एजेण्डा नभएको बताइन्। उनले भनिन्, 'म यस पटक सबैसँग भेट गर्न आएकी हुँ, कुनै विशेष एजेण्डा छैन।'

उनले दुई देशबीच यस्तो आउने जाने क्रम स्वाभाविक भएको र यो चलिरहने भन्दै आफ्नो भ्रमणको विषयलाई सामान्य बनाउने प्रयत्न पनि गरिन्।

स्वराजले बिहीबार नै मधेसकेन्द्रित राजनीतिक दल तथा एमाले अध्यक्ष केपी शर्मा अोलीलगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.