|

काठमाडौं  : सर्वाच्च अदालतले सीमा स्तम्भ गाड्दा नेपाली भूभाग मिचिनुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा सीमा स्तम्भ गाड्दा नेपालको भूभाग मिचिएको भन्दै सर्वोच्च अदालतमा दायरा भएको रिटमा सुनुवाई गर्दै सो आदेश दिएको हो। भारतीय पक्षले पर्साको छपकैयामा नेपाली सीमा मिचेर सीमा स्तम्भ गाडेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले ९ माघमा सर्वोच्चमा रिट दायर गरेका थिए।

सो रिटमा न्यायधीश ओमप्रकाश मिश्रको एकल इजालसले सीमा मिचिएको बारे लिखित रूपमा १५ दिनभित्र सम्पूर्ण विवरण बुझाउन सरकार र नापी विभागको नाममा आदेश जारी गरेको हो। नयाँ सीमा स्तम्भहरू गाड्ने क्रममा भारतीय पक्षले विरगंजको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी निवेदनमा छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.