|

काठमाडौं : नेपालभ्रमणमा रहेकी भारतीय विदेशीमन्त्री सुष्मा स्वराज र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। स्वराजले बिहान साढे ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेकी हुन्। 

भेटमा नेपालको राजनीतिक परिस्थिति र आपसी हितबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ। स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछिन् । भण्डारीसँग शितलनिवास र देउवासँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट हुने तय भएको छ। उनले मधेसकेन्द्रित दलका नेताहरूलाई पनि भेट्नेछिन्।

नेपालमा निर्वाचनमा वाम गठबन्धको बहुमत आई सरकार गठन हुन लागेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।भारतीय विदेशमन्त्री स्वराज शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.