|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज शिष्टाचार भेट गरेकी छन्।

राष्ट्रपति भण्डारीलाई भेट्न दुई दिने नेपाल भ्रमणमा रहेको स्वराज शुक्रबार दिउँसो शीतल निवास पुगेकी थिइन्।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा. मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.