|

काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको दिवाभोज उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन्।

प्रधानमन्त्री देउवाले नीजि भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजलाई बढी प्राथमिकता दिएकोमा उपप्रधानमन्त्री थापा असन्तुष्ट रहेको स्रोतले बतायो। थापा निकट स्रोतका अनुसार दिवाभोजमा निम्ता दिए पनि थापा चितवन गएका छन्।

बिहीबार दुईदिने नेपाल भ्रमणमा आएकी स्वराजलाई पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भेटेनन्। थापाले स्वराज दूतका रुपमा आएकोले बढी प्राथमिकता दिन नहुने भन्दै प्रधानमन्त्रीसँग असन्तुष्ट रहेको बताइएको छ।

पूर्व निर्धारित कार्यक्रम भएकोले थापा चितवन गएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले पूर्व निर्धारित कार्यक्रम कोही आउने भन्दैमा नरोकेको बताए। उनले भने, 'सरकारलाई उहाँको भेटबारे थाहा थिएन, केहीदिन अघिमात्र प्रधानमन्त्रीलाई थाहा भयो।' उनले चितवन, मकवानपुर, बारा, पर्सामा कार्यकर्ता भेला भएकोले त्यतातर्फ गएको। कुनै असन्तुष्टी भने नरहेको बताए।

बिहीबार नेपाल भ्रमणमा आएकी स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपाका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। स्वराज शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.