|

काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्राधानमन्त्री शेरबहादुर देउवालाई सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएकी छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट्न पुगेकी स्वराजले चुनाव सम्पन्न भएसँगै लोकतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका दीनेश भट्टराईले जानकारी दिए।

'चुनाव सफलतापूर्वक सम्पन्न गर्नुभयो तपाईलाई बधाई' ,स्वराजको भनाइ उदृत गर्दै भट्टराईले भने, 'यसले संघीय संरचना कार्यन्वयनका साथै लोकतन्त्रलाई सुदृढ गर्न बल पुगेको छ।' उनले नेपाल र भारतको सम्बन्ध बहुआयामिक भएको बताइन्।

उनले नेपाल र भारतको सम्बन्ध पुरानो भएको भन्दै यस्तै रहिरहने विश्वास विश्वास दिलाइन्। बैठकमा उनले यसपटकको नेपाल भ्रमणमा कुनै एजेण्डा नरहेको र आफू सद्‍भाव व्यक्त गर्न मात्र आएको बताएको भट्टाराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.