|

लहान : सिरहाको धनगढीमाई नगरपालिका–१४ खोलाघारी बिहीबारेकी ११ वर्षीया बालिकाको टाउको अस्वाभाविक रूपले बढेर उपचार गराउन नसक्दा समस्यामा भएको छ। 

बालिकाको शरीरको अन्य भाग उमेर अनुसार विकसित नभएपनि टाउको भने अस्वाभाविक रूपले बढेको छ। उमेरको हिसाबले ११ वर्षीया बालिकाको टाउको मात्र ठूलो हुँदै गएकाले बस्न पनि नसक्ने हुँदा एक जनासँगै बसेर हेरचाह गर्नुपर्ने बाध्यता रहेको आमा निर्मला सिंह बताइन्। भारतमा मजदूरी गरेर गुजारा गर्दै आएका संजीव सिंह र निर्मलाकी माहिली छोरी सामान्य अवस्थामै जन्मिएकी निरुता सिंह एक महिना जतिको भएपछि १५ दिन बिरामी परेको आमा निर्मलाले बताइन्।
‘बिरामीबाट तङ्ग्रिए लगत्तैदेखि टाउको मात्र बढ्न थाल्यो’, आमा निर्मलाले भनिन्, ‘आर्थिक अभावमा राम्रो ठाउँमा उपचार गर्न सकिएन, अहिले ठूलो समस्या भएको छ ।’

सिंह दम्पत्तिका १५ वर्षीया जेठी छोरी सुजिता र नौ वर्षकी कान्छी छोरी रोजिता भने सामान्य अवस्थाका रहेका छन्। हात खुट्टा चार÷ पाँच वर्षका बालबालिकाको जस्तो देखिने भए पनि ती बालिकाको टाउको भने अस्वभाविक रूपमा बढेको छ। उनी ‘आमा, आमा’ भन्नु बाहेक केही पनि बोल्न सक्दिनन्। बाबु संजीव मजदूरीका लागि भारतमा रहेकाले घरमा भेटिएकी आमा निर्मलाले बताइन्।

उनले भनिन्,  ‘मजदूरी गरेर ल्याएको रकमले खान पनि पुग्दैन, कसरी उपचार गर्नु?’ गाउँलेहरुको सहयोगमा नगरपालिकाबाट बनाएको अशक्तको परिचयपत्रबाट मासिक रूपमा आउने दुई हजार रुपैयाँ बालिकालाई समेत नपुग्ने सिंहले दुःखेसो गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.