|

धनुषा : राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा अनर्तगतको समितिमा पठाउन सदस्यहरुको नाम सिफारिस गरेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक तथा सदस्यहरुको संयुक्त बैठकबाट नाम सिफारिस गरेको हो।

राजपाका प्रदेशसभा सदस्य परमेश्‍वर साहका अनुसार प्रदेशसभाको सर्वदलीय बैठकका लागि सुरिता साह, अभिराम शर्मा र परमेश्‍वर साहको नाम सिफारिस गरेको छ। प्यानल अध्यक्षताका लागि नवल किशोर साह, कार्यव्यवस्था परामर्श समितिमा सुरिता साह र मनिष सुमनलाई पठाउने निर्णय गरेको छ।

यसैगरी नियमावली मस्यौदा समितिमा रामनरेश राय, डिम्पल झा र रमेश पटेललाई पठाउने निर्णय गरेको छ। बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सहभागी रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.