|

बारा : निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि पहिलो पटक बारा आएका राष्ट्रिय प्रजातान्त्रिक पार्र्टीका अध्यक्ष कमल थापाले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन्। 

बाराको कलैयामा राप्रपाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधान तथा ऊर्जा मन्त्रीसमेत रहेका थापाले आफू पनि विचलित नभएको र कार्यकर्ता बिचलित हुन आवश्यक नभएको बताएका हुन्। ‘चुनाव हारेर म विचलित भएको छैन’, अध्यक्ष थापाले भने, ‘तपाईंहरू पनि बिचलित नहुनुहोस्।’

पार्टीको अध्यक्ष नै पराजित भएको भनेर देशभरिका नेता–कार्यकर्ता निराश भएर बसेको भन्दै थापाले भने, ‘अब पार्टीमा भविष्य छैन भनेर अन्यत्र लागेको पनि पाइयो।’ पार्टीले लिएको बाटो राम्रो भएको बताउँदै उनले पार्टीलाई स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गरे।

पराजयबाट हरेस नखाएको भन्दै अध्यक्ष थापाले २०६२÷०६३ जस्तो खतनाक अवस्था अहिले नभएको बताए। मिहिनेत आवश्यक रहेको भन्दै अध्यक्ष थापाले भगवानले पार्टी निर्माण गर्ने अवसर दिएको बताए। ‘निर्वाचित भएको भए पार्टी निर्माणमा समय दिन सकिँदैनथ्यो’, अध्यक्ष थापाले भने, ‘भगवानले पार्टी निर्माण गर्ने अवसर दिएका छन्।’ 

२ नम्बर प्रदेशका ८ जिल्लामध्ये बारामा सबैभन्दा बढी मत खसेको भन्दै अध्यक्ष थापाले जिल्ला कार्यसमितिलाई धन्यवाद पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.