|
प्रतीकात्मक तस्बिर

पोखरा : प्रदेश ४ का सांसदहरुले पहिलो प्रदेशसभा बस्ने रिहर्सल गरेका छन्। पोखरा नगरविकास प्रशिक्षण केन्द्र नदीपुरमा स्थापित प्रदेशसभा हलमा आइतबार रिहर्सल गरेका हुन्।

ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले पोखरामा आइतबार उपलब्ध सांसद डाकेर रिहर्सल गरेको जानकारी दिए। उनले भने, ‘मैले सभामुखको भूमिका निर्वाह गरें।’ ठूलो पार्टी एमाले र तेस्रो ठूलो पार्टी माओवादीका सांसदहरु सभामुखको दायाँ र दोस्रो ठूलो पार्टी कांग्रेसका सांसद बसेका थिए। साना पार्टीका सांसद भने उनीहरुकै पछाडिपट्टि सिटमा बसेका थिए।

‘भोलि (सोमबार) जे जे गर्ने हो त्यही सिकियो,’ सांसद धनञ्जय दवाडीले भने, ‘राष्ट्रिय धुन बज्दा उठ्ने, सभामुखले पालो दिएपछि मात्र बोल्ने आदि।’ हलमा प्रवेश गर्नुअघि पुस्तिकामा उपस्थिति जनाउने, भित्र पस्नासाथ नबस्ने, राष्ट्रय गान बजिसकेपछि मात्र कुर्सीमा बस्ने लगायतका सिकेको अर्का सांसद हरिबहादुर चुमनले सुनाए। ‘प्रस्ताव पारित गर्दा हुन्छ भन्नेले हुन्छ भन्नुपर्ने, समर्थन गर्दा टेबुल ठोक्ने लगायत सिकियो,’ उनले भने, ‘सभामुखले गर्नुपर्ने काम धेरै हुँदो रहेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.