|

काठमाडौं :  प्रदेश १ र ४ को पहिलो सभा बैठक सोमबार (आज) बस्दैछ। दुवै प्रदेशसभा बैठकका लागि तयारी सम्पन्न गरिएको जानकारी गराइएको छ।

प्रदेश ४ को पहिलो बैठक अस्थायी मुकाम पर्यटकीय नगरी पोखरामा बिहान ११ बजे बस्नेछ। बैठक ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बस्नेछ। ४ नम्बर प्रदेशमा ११ जिल्लाका गरी ६० जना सांसद् छन्। बैठकका लागि सबै प्रदेश सांसद पोखरा पुगिसकेका छन्। पोखरामा प्रदेशसभा बैठकस्थल चिटिक्क पारिएको छ।

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे अस्थायी राजधानी विराटनगरमा रहेको मोरङ जिल्ला समन्वय समितिको कार्यालयमा बस्दैछ। बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखको भूमिका निभाउनेछन्। सरावगीले प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गरेको पत्र वाचन गर्नेछन्।

त्यसपछि बैठकमा दलका प्रतिनिधिलाई बोल्न समय दिइने तथा संसद् सञ्चालन अन्तरिम कार्यविधि पास गर्ने कार्यसूची रहेको छ। बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने कार्यसूची पारित गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.