|

मोरङ : प्रदेश १ को पहिलो प्रदेशसभाको बैठक सम्पन्न भएको छ।

बैठकको सुरुवात सभामुख ओमप्रकाश सरावगीको प्रवेशसँगै राष्ट्रिय धुन बजेको थियो। सबै सांसदहरु राष्ट्रिय गीतको धुनको सम्मानमा सरिक भएका थिए।

त्यसपछि सभामुखले प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेको पत्र बाचन गरेर संसद बैठकको कारबाही अगाडि बढाएका थिए। त्यसपछि बैठकमा दलका प्रतिनिधिलाई सम्बोधन गर्न समय दिइएको थियो ।

दलका नेताको सम्बोधन पछि संसद सञ्चालन अन्तरिम कार्यविधि पारित गरिएको छ भने सभामुखको अनुपस्थितमा बैठक सञ्चालन गर्ने सदस्यको नाम पारित गरियो। यस्तै सभामुखको निर्वाचनका लागि सभामुखबाट प्रस्ताव भएअनुसार यही २९ गते र उपसभामुखको फागुन ३ गते निर्वाचनको मिति तोक्ने कार्यसूची पारित भएको छ।

प्रदेश संसदको अर्को बैठक माघ २९ गते बस्नेछ।

हेर्नुहोस् फोटोहरु:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.