|
फाइल तस्बिर

काठमाडौं : सरकारले अर्को वर्षदेखि कक्षा १० उत्तीर्ण परीक्षा (एसईई) परीक्षा प्रदेशस्तरबाट गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा हालै बसेको बैठकले सो निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले उक्त परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन २०२८ को नवौं संशोधनमा एसईई परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्ने उल्लेख भएपछि मन्त्रालयले सो निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले प्रदेशस्तरबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिइन्। उनीले भनिन्, ‘यो वर्ष केन्द्रीय र आगामी वर्षबाट प्रदेशस्तरमा परीक्षा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हा।’

मन्त्रालयले सातै प्रदेशबाट परीक्षा सञ्चालन गरे पनि परीक्षाफल भने एकै पटक प्रकाशित हुनेछ।  परीक्षाको मिति समेत एउटै हुने मन्त्रालयले जनाएको छ। परीक्षाको प्रश्नपत्र भने प्रदेशअनुसार फरक–फरक हुनेछ। मन्त्रालयका प्रवक्ता डा. हरि लमसाले ०७५ सालदेखि एसईई परीक्षा प्रदेशबाट सञ्चालन गर्नुको विकल्प नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.