|

रौतहट : कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको नमुना बस्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले सन्तपुर नमूना बस्ती निर्माण समितिका अध्यक्ष सन्तराम माझीलाई बस्तीको चाबी हस्तान्तरण गरेकी हुन्।

गत असोज ४ गते निर्माण सुरु गरिएको नमूना बस्तीमा भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर रहेका छन्। त्यस्तै, नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यु टावरसमेत निर्माण गरिएको छ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो। करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए। यो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको यो चौथो एकीकृत बस्ती हो।

नमुना बस्ती हस्तान्तरणका लागि कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी भएका छन्।

हेर्नुहोस् बस्ती हस्तान्तरणका फोटो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Congratulations for Good work to respected couple, dhurmus and suntali .