|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-६ थालिगडामा रहेको एक किराना पसल र सँगै रहेको बोर्डिङ स्कुलमा आगलागी भएको छ। मंगलबार बिहान साढे ६ बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट २७ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जयन्ती किराना पसलमा विद्युतको तार सर्ट भएको र पसल रहेको भवनको माथिल्लो तलामा रहेको जगन्नाथ बोर्डिङ स्कुलको कार्यालयमा आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति हुनबाट जोगिए पनि ठूलो मात्रामा भौतिक क्षति  भएको छ।

स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट विद्यालयको फर्निचर, पुस्तक, विद्यार्थी पोसाक, लगायत कार्यालयका समान चलेर नष्ट भएको प्रिन्सिपल कीर्तिप्रसाद खत्रीले बताए। नर्सरीदेखि कक्षा–३ सम्म पढाइ हुने बोर्डिङ स्कुलको कार्यालयमा रहेका सबै समान जलेर नष्ट भएका हुन्।

यस्तै, किराना पसलमा रहेको खुद्रा समान, प्रिन्टर, फोटोकपी मेसिन, टिभी लगायतका समान जलेर पूणरुपमा नष्ट भएको छ। घरका झयालढोका जलेका छन्। त्यस क्षेत्रमा दमकल जान नसक्ने भएपछि आगो नियन्त्रणमा ल्याउन एक घण्टा बढी समय लागेको घरधनी गोविन्दराज पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.