|

काठमाडौंः विदेशी मुलुकबाट आयात हुने पदार्थमा अनुमतिपत्र अनिवार्य गरिएको छ। 'लेबल' नभएका गुणस्तरहीन खाद्यान्न भित्रlन थालेपछि त्यसलाई नियन्त्रण गर्न आद्यपदार्थ आयात गर्नुभन्दा पहिले नै अनुमतिपत्र दिनुपर्ने व्यवस्था गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरयुक्त खाद्यान्न आयात गर्न विदेशी जुनसुकै मुलुकबाट आयात हुने खाद्यन्नमा अनुमतिपत्र अनिवार्य गरिएको हो।

यसअघि खाद्यबाट अनुमति नलिई सिधै भन्सारबाट अनुमति लिएर खाद्य पदार्थ भित्रिने गरेको थियो। यसअघि घिउतेल, पानी , दूध तथा दुग्धजन्य पदार्थ र खानेकुरा, जुस र वेभरेजमा मात्र अनुमति लिनुपर्ने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.