|

काठमाडौं : प्रदेश २ मा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालको प्रस्ताव संघीय समाजवादी फोरम नेपालले अस्वीकार गरेको छ। 

प्रदेश सरकार निर्माणका लागि दुई दलका बीचमा जनकपुरमा भएको छलफलमा सिट बाँडफाँट हुन सकेन। बैठकमा राजपा नेपालले प्रदेश सरकार निर्माण गर्दा मुख्खमन्त्री दुवै पार्टीले आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो। 

फोरमले भने मुख्यमन्त्रीमा आफ्नो एकल दाबी प्रस्तुत गरिरहेको छ। फोरम नेपालकी उपाध्यक्ष एवं प्रदेश २ का संयोजक रेणु यादवले मुख्यमन्त्री अलोपालो गनुपर्ने प्रस्ताव राजपा नेपालबाट आए पनि कुनै सहमति हुन नसकेको बताइन्।  प्रदेश सरकार राजपा नेपाल र फोरम नेपालकै सहमतिमा बन्ने निश्चित भएका उनले बताइन्। 

‘मुख्यमन्त्री आलोपाले गर्नुपर्ने प्रस्ताव राजपाबाट आएको हो तर सहमति हुन सकेको छैन,’ यादवले भनिने्, ‘मुख्यमन्त्री फोरम नेपालकै  हुन्छ, प्रदेश सरकारको नेतृत्व फोरमले नै गर्छ, अरु पदमा सहमति गर्न बाँकी छ’। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.