|

मोरङ : प्रदेश १ मा दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ।

बेलुकी ५ बजे सकिएको मतगणनामा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता खेम नेपाली र अगमप्रसाद राई विजयी भएका छन्।

मतगणना सुरु भएको १ घण्टामै मत परिणाम सार्वजनिक भएको हो। मत परिणाम अनुसार राष्ट्रिय सभा सदस्य दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २७० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका विन विश्वकर्माले २ हजार ८३२ मत प्राप्त गरे। उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको १ मत बदर भएको छ।

यस्तै अपांगता भएका वा अल्पसंख्यकमा पनि वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई विजयी भएका छन्।

राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे। यो पदमा स्थानीय तहका १० र प्रदेशसभाको २ मत बदर भएको छ।

१ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थनीय तहका प्रतिनिधि रहेका छन्। जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका थिए।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र विना पोखरेल तथा नेपाली कांग्रेसकी सरिता प्रसाईँ छन्। यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन्।

विजयी उम्मेदवारलाई भोली प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.