डोटी : राष्ट्रियसभा सदस्यमा दुई सदस्यका लागि निर्वाचन भएको प्रदेश ७ बाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
राष्ट्रियसभामा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका हुन्। उनले ३ हजार ७०८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरे। स्नेही दलित कोटामा निर्वाचित बनेका हुन्।
त्यस्तै, नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन्। उनले अपांग कोटाबाट विजयी भएका हुन्। महराले ३ हजार ७०८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरे।
प्रदेश ७ बाट बाँकी ८ जना निर्विरोध निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।