|
फाइल तस्बिर

काठमाडौं : नेपाली सेनाले रिक्त रहेका अधिकृत क्याडेट भर्नाका लागि यसअघि दुई पटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्र्ति गर्न सकेन। नेपाली सेनाले यस वर्ष भदौ २७ र पुस ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जनाले मात्रै सहायक सेनानीमा छानिएका छन्।

नेपाली सेनाको कार्यरथी विभागको भर्ना छनौट निर्देशानलयले दुई पटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो। दुवै पटक भर्नाका लागि पाँच हजारभन्दा बढी परीक्षार्थी सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ।

अन्य सुरक्षा निकायमा बेला–बेलामा हुने भर्ना छनौट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेका पाइन्छ। अन्य सुरक्षा निकायले आवश्यक संख्या परीक्षामा सहभागीबाटै लिने गरेका पाइन्छ । तर सेनामा भने मागेका संख्यामा एक चौथाइ पनि उत्तीर्ण नभएपछि नेपाली सेनाले चिन्ता व्यक्त गर्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.