|

फिलिप कोउटीन्होले बार्सिलोनाका लागि पहिलो गोल गरेको खेलमा बार्सिलोना भ्यालेन्सियामाथि  २-० को जित निकाल्न सफल भएको छ।

कोपा डेल रे फुटबल सेमिफाइनलको दोस्रो लेगको जितसँगै बार्सिलोना समग्रमा ३-० को जित निकाल्दै रेकर्डेड पाँच पटक कोपा डेल रे फुटबलको फाइनलमा स्थान बनाउन सफल भयो।

यसअघि बार्सिलोना आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा १-० को जित निकाल्न सफल भएको थियो। बार्सिलोनामा आफ्नो पाँचौं खेलमा कोउटीन्होले गोल गर्न सफल भए। १ सय ४२ मिलियन पाउन्डमा उनी लिभरपुलबाट जनवरी ट्रान्सफरमा बार्सिलोना आएका थिए।

उनले दोस्रो हाफामा लुइस स्वारेजको आकर्षक क्रसलाई गोलमा परिणत गर्दे बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४९ मिनेटमा अग्रता लिएको बार्सिलोनाका लागि स्वारेजकै पासमा इभान राकाटीकले ८२ औं मिनेटमा गोल गरेपछि भ्यालेन्सीयाको घरेलु मैदानमा बार्सिलोनाले सहज जित दर्ता गर्न सफल भयो। भ्यालेन्सिया स्पेनिस ला लिगमा तेस्रो स्थानमा रहेको छ।

बार्सिलोनाले उपाधिका लागि सेभिल्लाविरुद्ध प्रतिष्पर्धा गर्नेछ। स्पेनिस लिगमा सेभिल्ला छैटौं स्थानमा रहेको छ। सेभिल्लाले लेगानेसविरुद्ध समग्रमा ३–१ को नतिजा निकाल्दै फाइनल प्रवेश गरेको थियो। कोपा डेल रेमा बार्सिलोना लगातार चौंथो पटक उपाधि जित्ने ध्याउनमा रहेको छ। बार्सिलोना २०१४ मा रियल म्याड्रिडसँग पराजित भएयता निरन्तर जित निकाल्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.