|

काठमाडौं : फिल्म 'पञ्चेबाजा'को गीत रिलिज भएको छ। शुक्रबार युट्युबमार्फत यस फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक 'म केही बोलुँ' बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ। सविन एकतारेको शब्द समावेश गीतमा राहुल विश्वासले स्वर दिएका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, कर्मा र जश्मिन श्रेष्ठ फिचरिङ छन्।

फागुन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म 'पञ्चेबाजा'लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। 'न्यू भेनस फिल्म्स'को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी रहेको छ।

फिल्मको सहनिर्माता सारा गुरुङ हुन्। मौलिक कथामा निर्माण भएको यस फिल्ममा बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, सविन बाँस्तोला, प्रमिला तुलाचन, तेज गिरी, विमला गिरीलगायतको पनि अभिनय रहेको छ।

प्रदीप भारद्वाजले लेखेको यस फिल्ममा कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। हरि घले लामाले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.