|

काठमाडौं : संसद सचिवालयले पूर्वसांसदलाई लोगो वितरण गरेको छ। संविधान बनाएबापत पूर्वसांसदले सचिवालयबाट निःशुल्क रुपमा लोगो पाएकाछन्। यस्तै पूर्वसांसद मञ्चमा सदस्य भएपछि अर्को लोगो र परिचयपत्र पाउने छन्। 

संसद सचिवालयले माघ १५ गतेबाट लोगो दिन थालको छ। पहिलो र दोस्रो संविधानसभाका सदस्यलाई लोगो उपलब्ध गराईएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए। 

संसदको राज्य व्यवस्था समितिले संविधानसभाका पूर्वसांसदलाई लोगो दिने निर्णय गरेको जिन्सी इकाइका शाखा अधिकृत विनोदकुमार मालीले ११ सय २४ सांसदलाई लोगो दिइने जानकारी दिए।

‘पहिलोपटक पाँच सय लोगो तयार भएका छन्, यी सकिन लागेपछि फरि मगाउँछौं’ उनले भने। लोगोको बीचमा नेपालको संविधानको  पुस्तक छ भने एक छेउमा चन्द्र र अर्को छेउमा सूर्य अंकित छ। देश सातवटा संघमा विभाजन भएकाले सात जनाको फोटोसमेत लोगोमा छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.