|

सुनसरी : इटहरीे उपमहानगरपालिका–९स्थित टेँग्राखोलामा अपरिचित व्यक्तिको शव फेला परेको छ। शनिबार बिहान नदी सफाई गर्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवसको अवसर पारेर खोला सफाई अभियानको क्रममा अन्दाजी २४–२५ वर्षको युवकको शव भेटिएको हो। 
नाङ्गो अवस्थामा खोलामा घोप्टो परेको शव भेटिएको प्रहरीले जनाएको छ। घटना स्थलबाट प्रहरीले मृतकको साथमा रहेको १ थान मोबाइलसमेत भेटेको छ।

शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.