|

सुनसरी : नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्री स्टारले २०औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि हात परेको छ।धरानको प्रस्तावित क्षेत्रीय रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा बुढासुब्बा गोल्डकपको साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि हात पारेको हो।

उपाधि जितेसँगै थ्री स्टारले पोखरामा गत शनिबार सम्पन्न आहा–रारा गोल्डकपमा पुलिससँग भोगेको पराजयको बदला लिएको छ। दुई साताअघि सर्वाधिक राशाीको मदन भण्डारी इटहरी गोल्डकप उचालेर डेढ वर्षपछि पुरानै लयमा फर्किएको थ्री स्टारलाई यो सिजनको दोस्रो उपाधि जिताउन अजय मार्टिनले गरेको गोल नै निर्णाक बन्यो। 

उनले पहिलो हाफमा थपिएको ९ मिनेटको अतिरिक्त समयको ३ मिनेटमा गोल गरे। निराजन खड्काले दिएको पासलाइ उनले गोलमा परिणत गरेका हुन्। फाइनल खेलको पहिलो हाफ तनावपूर्ण रह्यो। खेलको २५अौँ मिनेटमा थ्री स्टारका क्याप्टेन बिक्रम लामालाई फल गरेपछि पुलिसका हेम तामाङ रातो कार्ड खांदै मैदान बाहिरिए। लामा लडेपछि तामाङसँग झगडा गर्न पुगेका थ्री स्टारका विदेशी खेलाडी पिटर सेगुनले समेत रेड कार्ड पाएपछि दुवै टिम १०–१० खेलाडीमा सीमित भए।

विजेता थ्री स्टारले ६ लाख रुपैयाँ तथा उपविजेता पुलिसले ३ लाख रुपैयाँ पाए। थ्रिस्टारले सातौँ, नवौँ, ११औँ र १४औँ बुढासुब्बा जित्दा पुलिसले दोस्रो, चौथो, पाँचौं, १० औँ, १९ औँ बुढासुब्बाको गोल्डकपको उपाधि जितेको थियो। २० मागदेखि भएको गोल्डकपमा एक विदेशीसहित ८ टिम सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.