|

हङकङ : चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शाटिनबाट ताइपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि तीव्र गतीका कारण दुर्घटना भएको हो। 

दुर्घटनामा १५ जना पुरुष तथा ३ महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ। अन्य दर्जनौं घाइते भएको बताइएको छ।

उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन्। घानाको अनुसन्धान सुरु गरिएको छ। घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले बिरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.