|

सुर्खेत : प्रदेश ६ प्रहरीले सुरक्षा व्यबस्था प्रभावकारी बनाउन उच्च सतर्कता अपनाएको छ। शनिबार राति सुर्खेत र दैलेखमा रहेको भारतीय कम्पनि ‘जिएमआर’को भवनलाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराएपछि सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रप्रताप साहले बताए। 

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण कार्यको जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिएपछि विगत केही बर्ष यता यस्ता छिटफुट यस्ता घटना भइरहेका छन्। शनिबार राति भएको बम बिस्फोटबाट कुनै मानवीय क्षति नभए पनि भवनमा आशिंक क्षति भएकोे छ। वरपरका भवनका सिसा फुटेको प्रहरी नायव महानिरीक्षक साहले जानकारी दिए। 

घटना कसले र कुन उद्देश्यले गराइएको भन्ने बारे जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। साहले भने,‘अहिले हामीले निगरानी गरिरहेका छौँ। हामी छिटै पत्ता लगाएर कानुनी दायरामा ल्याउछाैँ।’ महानिरीक्षक साहले यो घटना नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
बम विस्फोट गर्नुअघि छिन्चु र हर्रेकोबीचमा पर्ने जंगलमा रूख ढालेर विद्युत अवरुद्ध गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.