|

काठमाडौं : भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हवले वाइ वान गेट वान फ्री अफरसहित मोबाइल मेला आयोजना गर्ने भएको छ। 

चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तलामा रहेको मोबाइल हवले हरेक मोबाइलको खरिदमा हात खाली नजाने ‘एक्सक्लुसिभ अफर’सहित मोबाइल मेला आयोजना गर्न लागेको हो। 

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हवले यही फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो। फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ। 

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हवले अनिवार्य रूपमा एफक्युव सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्नेछ। 

साथै मोबाइल हवले मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरू संचालन गर्ने जनाएको छ। यसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरूले विभिन्न किसिमका उपहार तथा छुट पाउनेछन्। गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए। साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै ३ किसिमका उपहारको व्यवस्था गरिएको छ।

मेला अवधिभर आयोजना हुने फोटो प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भी ७ मोबाइल प्रदान गरिने मोबाइल हवका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए। 

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरू मोबाइल हवमा उपलब्ध छन्। हवमा एमआई, आईफोेन, सामसुङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटीसी, जेटटीई, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पोलगायत ब्राण्डका टच एन्ड फिल काउन्टरसमेत रहेका छन्। 

मोबाइल हवमा ६० मिनेट ‘फेस टु फेस’ मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ। टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरूले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हवले मिलाएको बताएको छ।

मोबाइल हवले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्ट फोन खरिद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ।

मोबाइल मेलामा हवले दशैँ, तिहारमा संचालन गरेको अफरभित्र पनि अफरको गोलाप्रथा पनि खोलिनेछ। यसमा पहिलो हुनेले यमाहाको आर वान फाइफ मोटरसाइकल, दोस्रो हुनेले आईफोन ८, तेस्रो हुनेले मलेसिया तथा सिंगापुर भ्रमणको प्याकेज र चौथो हुनेले स्मार्ट फोन पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.