|

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका विकृति हटाउने उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजागरीमा जाने कामदारलाई दिने भनेको स्मार्ट कार्ड योजना मन्त्रालयमै थन्किएको छ। मन्तालयले दुई वर्षअघि ल्याएको स्मार्ट कार्ड योजना अहिलेसमम मन्त्रालयमै थन्किएकोपछि अलपत्र परेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूको भनाइ छ।

०७३ मा श्रम तगा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्मार्ट कार्ड दिने योजना ल्याएको थियो। सो योजना अझैसम्म कार्यान्वयन भएको छैन। 

सरकारले विभिन्न मुलुकले आफ्ना कामदार व्यवस्थापनका लागि अपनाएको अत्याधुनिक सुविधा एवं आधुनिकतालाई पछ्याउँदै श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्मार्ट कार्ड दिएर पठाउने योजना ल्याएको थियो। तत्कालीन श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले सो योजनाबारे अध्ययन गर्न समिति बनाएका थिए। समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाए पनि अझै सो प्रतिवेदनबारे कुनै छलफल समेत भएको छैन।

यसबेला सरकारले गरेको नयाँ योजनाअनुसार स्मार्टकार्डमा आधारित रहेर श्रम स्वीकृति दिने प्रावधान प्रस्ताव गरिएको थियो। अहिले कामदारको राहदानीमा श्रम स्टिकर टाँस्ने चलन छ। सोही आधारमा कामदारले श्रम इजाजत पाएको मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.