|

चितवन : भरतपुरस्थित अक्फोर्ड इन्जिनियरिङ कलेजका विद्यार्थीले भरतपुर स्मार्ट सिटीको नमुना बनाए। विद्यार्थीले बनाएका ‘स्मार्ट सिटी’ अवलोकन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुसुक्क मुस्कुराए।

कम्युटर एसोसियन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा भरतपुरमा जारी तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४ को अवलोकन गर्न आइतबार प्रचण्ड प्रविधि मेलामा पुगेका थिए। त्यही मेलामा उक्त स्मार्ट सिटी प्रदर्शनीमा राखिएको छ। प्रचण्डसँगै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल पनि थिइन्। स्मार्ट सिटीको नमुनामा व्यवस्थित सडक, पुल–पुलेसा, वान वे सडक, व्यवस्थित चोक, चौतारा बनाइएको छ।

स्थानीय तहको चुनावताका भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउने भन्ने सबै नेताको मुखमा झुण्डिएको थियो। प्रायः दलका चुनावी घोषणपत्रमा स्मार्ट सिटी बनाउने उल्लेख थियो। प्रचण्डदेखि महानगरकी प्रमुख रेणु दाहालले पनि चुनावी सभाहरूमा स्मार्ट सिटी बनाउने प्रतिवद्धता गरेका थिए। 

तर, अहिले उक्त नारा सुन्न छाडिएको छ। सबैको ध्यान बाटो निर्माणमा केन्द्रित छ। कृषिका बजेट समेत उतै लगाउने प्रयास भैरहेका छन्। यस्तै माहौलमा अक्फोर्डका विद्यार्थीले सूचना प्रविधि मेलामा भरतपुर स्मार्ट सिटी बनाएर नेताहरुलाई झकझक्याउने काम गरेका छन्। 

मेलामा दर्शकको आकर्षण 

मेलामा दिनानुदिन दर्शकको भिड बढ्दो छ। ‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने नाराका साथ सुरु भएको मेला माघ सोमबारसम्म चल्नेछ । मेलामा  कम्युटर, मोवाइल, ल्यापटप, स्मार्ट टिभी , सफ्टवेयरलगायतका ८० वटा स्टल छन्। 

सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सेमिनार, गोष्ठी, रोबोटिक प्रर्दशनी र गेमिङ्गका स्टल राखिएको आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.