|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्या विरुद्ध ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट झरेको छ।

नेपालका कप्तान पारस खड्का ४२ रन बनाएर आउट भएका छन्। पारसलाई ओदियाम्बोले आउट गरेका हुन्। 

नेपालका दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन्। उनलाई रिंगाराले आउट गरेका छन्। 

केन्याका लागि रिंगाराको यो तेस्रो विकेट हो। 

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका छन् भने आरिफ शेख शून्य रनमा आउट भएका छन्।

दुबैलाई इबी रिंगाराले आउट गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.