सन्दीप भए म्यान अफ द म्याच

|

काठमाडौं : नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ। नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पार गरेको हो।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले ४२-४२ रन बनाए। शरद भेषवाकरले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

केन्याका लागि इबी रिंगाराले महत्वपूर्ण ३ विकेट लिए। उनले पारस खड्का र शरद भेषवाकरलाई आउट गरेका थिए। एनएन ओडिम्बो, एनएम ओडिम्बो र एसओ एन्गोचेले १-१ विकेट लिए।

नेपालका लागि महत्वपूर्ण इनिङ खेलेका रोहित भने रन आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। जुन केन्यालाई १७८ रनमा समेट्न महत्वपूर्ण बन्यो। सन्दीप खेलको म्यान अफ द म्याच बनेका छन्।

केन्याका लागि आइए करिमले ४२ रन बनाए। एए ओबान्डाले ४१ रन बनाउँदा सीओ ओबूयाले २७ र एनएम ओडियाम्बोले २४ रन जोडे। एसओ एनगोचेले २३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। सोमपाल, शरद र वसन्तले १-१ विकेट लिए।

यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ। नेपाल ६ अंकका साथ समूहको दोस्रो नम्बरमा कायम छ।

नेपालले बुधकार क्यानाडासँग आफ्नो अन्तिम खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.